नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको सम्बन्ध पहिले जस्तो सुमधुर छैन । यसैले पनि विगत केही महिनादेखि उनीहरुको निकटता टुटेको छ । तर, पनि यी दुइले व्यवसायिक सम्बन्धलाई भने अगाडि बढाइरहेका छन् । आकाश र पूजाले अभिनय गरेको ‘बिहे भाछैन’ बोलको गीतको म्युजिक भिडियो बिहिबार काठमाडौंमा सार्वजनिक गरियो । यो गीत सार्वजनिक कार्यक्रममा पूजा र आकाश प्रेम र बिहेकै प्रश्नमा घेरिए । पत्रकारहरुले पूजा र आकाशको सम्बन्ध के हो भनेर समेत सोधे ।

सम्बन्धको बिषयमा कुरा गर्दै आकाशले भने–‘हामीलाई नै थाहा छैन हाम्रो सम्बन्ध के हो ? हामी एक अर्कासँग काम गरिरहेका छौं । बजारमा जे जस्ता हल्ला चले त्यो मिडियाबाट नै आएको हो । दर्शकहरुले पनि मिडियामा आएका कुरामा नै विश्वास गर्नुभएको हो ।’

आकाशले यसो भन्दै गर्दा पूजाले आफ्ूहरु राम्रो साथी भएको बताइन् । उनले भनिन्–‘हामीले काम गरिरहेका छौं । अब, बिहे कोसँग हुन्छ भन्ने कुरा त भविष्यलाई छोडिदिनुहोस् । मेरो जुन दिन बिहेको कार्ड तयार हुन्छ अनी मात्र तपाइहरुले मेरो आफ्नो मान्छेको बारेमा थाहा पाउनुहुनेछ ।’

पूजा र आकाश अलग भएको खबर सार्वजनिक भएसँगै केही दर्शक डिप्रेशनमा गएको समेत खबर सार्वजनिक भएको छ । पूजाले आफूहरुको कामलाई माया गर्न फ्यानहरुलाई आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS