विश्वमा अनौठा जिव र वनस्पती हुन्छन् । त्यस्तै एक अति दुर्लभ बोटबिरुवामा पर्ने ‘एर्मोफोपलाउस टिटानम’ फूल विश्वकै गन्हाउने फूलमा पर्छ । यो फुलेको दृश्य हेर्ने टिकट बिक्री सकिएको क्यालिफोर्नियाको बोटानिकल गार्डेनले जनाएको छ ।

यो फुलबाट आउने गन्ध कु हि एको मासु जस्तो हुने प्रत्यक्षदर्शीले जनाएका छन् । यो फूल एक पटकमा केबल ४८ घण्टा मात्र फुल्ने गर्छ र अति दुर्लभ बिरुवा भएको कारण यो फूल प्रति धेरैको आकर्षण रहेको छ ।

क्यालिफोर्नियाको स्यानडिएगो बोटानिकल गार्डेनमा रहेको यो बिरुवा फुलेको र यसको गन्ध सुध्नेहरूको सङ्ख्या धेरै रहेको छ । रोपेको दसकौँ पछि बल्ल फुल्ने यो फूल यो वर्ष फुलेको हेर्न ५ हजार टिकट बोटानिकल गार्डेनले बिक्रीमा राखेको थियो ।

यो फूलबाट आउने गन्धले अन्य किरा फट्यांग्राहरुलाई आकर्षित गरेर परागशेचन गर्ने गर्छ । गार्डेनका मेनेजर जोन क्लेमेन्टका अनुसार यो फूलबाट आउने गन्धले गर्दा यो बिरुवालाई तत्काल का टे र फालौँ जस्तो हुने बताए । १२ फिट अग्लो हुने यो फुललाई आईयुसिएनले लोपोन्मुख बिरुवाको सुचीमा राखेको छ । एक तथ्याङ्क अनुसार यो बिरुवा अहिले विश्वमा १ हजारको सङ्ख्यामा मात्र रहेको छ । यो बिरुवा पछिल्लो १ सय ५० वर्षमा ५० प्रतिशतले घटेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS