काठमाडौं । नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले देश ठाडो अध्यादेशबाट चलिरहेको बताएका छन् । चितवनमा चलिरहेको एमालेको १०औं महाधिवेशनको स्वागत मन्तव्य राख्दै नेता ‘बादल’ले जनताको जनादेशबाट नभइ ठाडाे अध्यादेशबाट चलिरहेको बताए । महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि पनि उक्त कार्यक्रममा उपस्थित छन् ।

नेता बादलले प्रधानमन्त्री देउवाकै सामु देश संसद अस्तव्यस्त भएको र न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको पनि दावी गरे । उनले हाल मुलुक र विश्वको अवस्था कोरोना महामारीको कारणले पनि अस्तव्यस्त बनेको बताए ।

‘बादल’ले बाेलेका छाेटाे अंश

अहिले जनताको जनादेश होइन, ठाडो अध्यादेशबाट देश चलिरहेको छ । आज राष्ट्र अध्यादेशमार्फत संचालन भइरहेको छ । देशको व्यवस्थापिका संसद अस्तव्यस्त छ । मुलुकको न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको छ । देशलाई पुन :अस्थिरता अशान्ति र कुशासनको तर्फ धकेलिएको छ । आज लोकतन्त्र, राष्ट्रियता, संघीयता र जनजिविका अत्यन्तै जोखिममा परेको छ । आज मुलुकको राजनीति स्पष्ट दुई ध्रुवमा विभाजित भएको छ । एकातिर अग्रगमन समाजवादका पक्षधरहरु र अर्कोतिर पश्चगमन र दलालहरु पुँजिवादका अस्तव्यस्त । अर्कोतिर देशभक्त र वामपन्थी शक्तिहरु अर्कोतर्फ अन्तर्राष्ट्रियवादीहरु, आत्मसमर्पणवादीहरु दक्षिणपन्थीवादीहरु ।

तपाईको प्रतिक्रिया

RELATED POSTS