काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले एकै भोट आएपनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उपाध्यक्ष रावलले शनिबार चितवनमा भइरसको बन्दसत्र कार्यक्रमअघि उक्त प्रतिकृया दिएका हुन् । शनिबार दिउँसो नै उम्मेदवारी मनोनयन प्रक्रिया शुरु हुँदैछ । अध्यक्ष ओलीले सबै पदमा सर्वसम्मत पदाधिकारी चयन हुने दावी गर्दै आएपनि रावलले प्रतिस्पर्धाबाट पछि नहट्ने अडान राखेका हुन् ।

रावलले आफूले जितका लागि अवश्यक मत पुर्‍याउने दावी गरिरहेका छन् । उनले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउँदै निकटका नेताहरुसँग परामर्शसमेत गरेका छन् । उता एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने अध्यक्षसहित सम्पूण पदहरुमा सर्वसम्मत पदाधिकारी चयन हने बताएका छन् । उनले सौराहमा भइरहेको बन्दसत्रमा अघि पत्रकारहरुसँग बोल्दै सर्वसम्मतकै लागि पदाधिकारी संख्या बढाइएको बताए । त्यसकारण कुनै पनि पदका लागि निर्वाचन नहुने उनले दावी गरे ।

अध्यक्ष ओली पार्टी एकताको पक्षमा रहेकाले नेताहरुलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँड गरेर सर्वसम्म पदाधिकारी चयन हुने उनको दावी छ । अहिले पनि अध्यक्ष ओलीले आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन् ।

माधव नेपालसहितको एमाले रहँदा एकै मोर्चामा रहेका रावल र भट्टराईको मत विभाज भएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भट्टराईले अध्यक्ष ओलीलाई साथ दिएका छन् ।उता रावलले भने ओलीको प्रतिद्वन्द्विका रुपमा उम्मेदवारी दिँदै छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS