काठमाडौँ — नेकपा (एमाले)को दसौं महाधिवेशनको तेस्रो दिनको कार्यक्रम सुरु हुन सकेको छैन । बिहान १० बजेदेखि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्नुपर्नेमा सहमतिका लागि भन्दै बन्दसत्र रोकिएको छ । यसैबीच अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूले केन्द्रीय सदस्यहरूको नामावली तयार पारिरहेको कुरा सार्वजनिक भइरहेको छ । अर्कोतिर अध्यक्षमा दाबी गरिरहेका उपाध्यक्ष भीम रावलले निर्वाचन हुनुपर्ने माग गरिरहेका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि ओली निकट नेताहरू सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी गरिरहेका छन् ।

बन्दसत्र ढिलाइ हुनुको कारण र वरिष्ठ उपाध्यक्षमा गरेको दाबीबारे एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग गरिएको संक्षिप्त कुराकानीः

तपाईंले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको थियो, सहमति कायम गर्नका लागि दाबी छोड्नुभएको हो ?

केही भएको छैन त कहाँबाट छोडेको र नछोडेको भन्ने प्रश्न आयो । कुरा जहाँ छ त्यहीँ छ ।

सहमतिको नयाँ खाकामा अध्यक्ष र महासचिव दोहोर्‍याउने अनि वरिष्ठ उपाध्यक्षमा भीम रावललाई जिम्मेवारी दिने भन्ने कुरा आएको छ नि ?

त्यो विषय थाहा भएन । मैले दाबी छोडेको छैन । सबै दाबीको सन्दर्भमा अध्यक्षले छलफल गरिराख्नुभएको छ ।

आज अध्यक्षसँग तपाईंको प्रत्यक्ष कुरा भयो ?

अध्यक्षसँग धेरैको कुरा भयो । मेरो सिधै कुरा नभएपनि यो सबै समग्र परिस्थितिको बारेमा उहाँलाई जानकारी छ ।

वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं भन्ने कुरा पनि सार्वजनिक भएका छन्, यसबारे के कुरा भएको हो ?

त्यो चाहिँ थाहा भएन । तर विभिन्न समस्याको सन्दर्भमा विभिन्न खालका कुरा आउने गर्छन् । यसो गर्दा हुन्छ कि उसो गर्दा हुन्छ कि भनेर । जहाँसम्म मेरो हकमा कुरा छ मेरो पहिला जे थिएँ सर्वसम्मति गरौं । त्यसका लागि अग्रिम भागमा उभिएको मान्छे म हुँ । त्यसपछि त्यो पद थपियो । केन्द्रबाट पास भयो । अब त्यो सर्वसम्मति गर्ने कुरा अन्तिमसम्म कोसिस गर्दा नि भएन भने चुनाव हुन्छ । चुनाव हुँदा पनि मेरो कुरा अस्ति नै भनेको छु । साथीभाइहरूले मलाई वरिष्ठ उपाध्यक्षमा उठ्नु भनेका छन् । त्यो म निर्णय गर्छु ठ्याक्क त्यै बिन्दुमा हो मेरो कुरा । अहिले मैले नाइँ पनि भनेको छैन हुन्छ पनि भनेको छैन । कुरा त्यै हो ।

सात बजेपछि मात्रै बन्दसत्र सुरु हुने र नाम घोषणा गरेर समापन हुने भन्ने कुरा आइरहेका छन्, यो कसरी हुन्छ ?

अहिले भर्खरै सूचना ७ बजे आ-आफ्नो ठाउँमा गएर खाना खाएर आउने र बन्दसत्र सुरु हुन्छ भन्ने खबर जानकारी पाएर म बस्ने ठाउँमा छु ।

बन्दसत्रमा किन ढिलाइ भएको हो ? यसमा त विवाद नै भएन नि । यत्रो ठूलो समस्या छ । यत्रा धेरै विषय उठिरहेका छन् । त्यसलाई समाधान गर्नका लागि निश्चय पनि स्वाभाविक रूपमा उहाँले सबैसँग हेलो (छलफल र सल्लाह) गरिराख्नुभएको छ । त्यसकारण समय लागेको हो ।

प्रक्रियामा जनुपर्ने थिएन आजसम्म त ?

यो पनि प्रक्रिया नै हो । सर्वसम्मति भयो भने त्यै अनुसार त्यसलाई बोकेर प्रक्रियामा जान्छ । सर्वसम्मति भएन भने सोझै प्रक्रिया (निर्वाचन)मा जान्छ । आखिरमा प्रक्रियाभन्दा यताउता त हामी गर्दै गर्दैनौं नि ।

अध्यक्षका दाबेदार भीम रावलले उम्मेदवारी नदिन र समझदारीका लागि दबाब दिइँदै छ भन्नुभएको छ, यो के भइरहेको हो ?

उहाँले त्यस्तो भन्नुभयो होला भन्ने मलाई लाग्दैन । अघि भर्खरै त्यहाँ बन्दसत्र भित्र उहाँसँग भेट भएको थियो । उहाँले सबै कुरा बताउनुभयो । उहाँसँग मेरो राम्रो कुरा हुन्छ सधै । आज पनि राम्रो कुरा भयो । उहाँले आफ्नो यहिँ कुरा हो भन्नुभयो । मैले पनि आफ्नो कुरा यो हो (वरिष्ठ उपाध्यक्षमा दाबी) र यो कुरा अध्यक्षहरू (बन्दसत्रको अध्यक्षता गरिरहेको अध्यक्षमण्डल)लाई राखेको छु र अब पनि राख्छु भनेको छु । उहाँको कुरा विधान र प्रक्रिया बमोजिम जानुपर्छ भन्ने छ ।

विधान र प्रक्रिया मूल कुरा हो भन्नुभयो । उहाँले कानुनको शासनमा विश्वास गर्ने मान्छे मेरो त सदार्वदा यहि भनाइ हो । राजनीति कानुन बमोजिम चल्नुपर्छ भन्ने कुरा राखेको छु ।अध्यक्ष ओली पनि यहिँ कुरामा हुनुहुन्छ । विधान र प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ भन्दा उहाँले त्यो हो भने एकदम राम्रो म प्रक्रियाको पक्षमा छु भन्नुभएको थियो । प्रक्रियाबमोजिम अगाडि बढौं भन्ने उहाँको कुरा । मेरो कुरा पनि प्रक्रियाबाट अगाडि बढौं भनेको छु । अध्यक्षसँग पनि यो कुरा राखेको छु र उहाँले पनि त्यै कुरा राख्नुभएको छ ।

दबाब दिएर पनि सहमति हुन्छ भन्ने कुरा आइरहेको छ नि ?

हामी कोही पनि दबाब दिएर नउठ भन्ने पक्षमा छैनौं । इकान्तिपुर बाट 

तपाईको प्रतिक्रिया

RELATED POSTS