काठमाडौं । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन र भीम रावलविरोधमा नाराबाजी भएको छ । विहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैसम्म सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा नेताहरुसँग दिनभर छलफल गरेका ओली भर्खर बन्दसत्र स्थलमा पुगेका छन् ।

त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्दै उनको पक्षमा नाराबाजी गरेका छन् ।

उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलविरुद्ध पनि नारा लगाएका छन् । पार्टी ‘फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मुर्दावाद’ भन्ने नारा लगाएका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS