मुम्बई — न्युजिल्यान्डका बलर एजाज पटेल एक्लैले भारतविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा सबै १० विकेट झारेका छन् । मुम्बाइमा जारी खेलमा पटेलले भारतका सबै खेलाडीलाई एक्लैले आउट गरेका हुन् ।  टेष्ट क्रिकेटमा एकै इनिङमा १० विकेट लिने कीर्तिमान बनाउने पटेल तेस्रो खेलाडी हुन् । यसअघि भारतका अनिल कुम्बले र इंग्ल्याण्डका जिम लेकरले पनि एकै इनिङमा १० विकेट पनि लिएका थिए ।

कुम्बलेले सन् १९९९ मा पाकिस्तानविरुद्ध र लेकरले सन् १९५६ मा अस्ट्रेलियाविरुद्ध यस्तै प्रदर्शन देखाएका थिए । मुम्बाईमा जारी खेलमा पटेलले १ सय १९ रन दिएका भारतको १० विकेट झारिदिएका हुन्। उनले ४७ ओभर ५ बल फालेका थिए । अल आउट हुनअघि भारतीय ब्याट्सम्यानले ३ सय २५ रन मात्रै जोड सके । न्युजिल्यान्डको तर्फबाट ११ टेष्ट म्याच खेल्दै गरेका पटेलको जन्म सन् १९८८ मा मुम्बईमा भएको थियो ।

दोस्रो टेष्टमा पहिलो इनिङमा भारतका लागि मयंक अग्रवालले १ सय ५० रनको इनिङ खेले । अक्सर पटेलले ५२ रन बनाए । एजाजले कप्तान विराट कोहली, चेतेश्वर पुजारा र रविचन्द्र अश्विनलाई डक आउटा गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS