काठमाडौं। बेलायतमा एक व्यक्तिको गुप्तांगमा बम अड्किएपछि उनी घाइते अवस्थामा अस्पताल पुगे । अस्पताल पुग्दा डाक्टरहरु पनि आत्तिए । त्रसित डाक्टरहरुले हतार हतार बम डिस्पोजल डोली बोलाए । यी व्यक्तिको पछाडि मलद्वारमा फसेको यो बम दोस्रो विश्वयुद्धको बम भएको बताइएको छ ।

रिपोर्टका अनुसार यी व्यक्ति चिप्लिएर दोस्रो विश्वयुद्धकालको एन्टि ट्यांक गोलामाथि पछारिएको थिए । यसरी पछारिँदा त्यो बम उनको मलद्वारमा छिरेको थियो । घाइते अवस्थामा उनी अस्पताल पुगे । द सनको रिपोर्टअनुसार ग्लासेस्टरशायरको रोयल अस्पतालमा उनी पुग्दा डाक्टरहरु पनि आत्तिए र उनीहरुले बम डिस्पोजल टोली बोलाए ।

यद्यपि बम डिस्पोजल टोली अस्पताल पुग्नुभन्दा पहिल्यै उनको मलद्वारबाट त्यो बम निकालियो र उनको उपचार सुरु गरियो । पछि बम डिस्पोजल टोली पुगेर जाँच गर्दा बम निष्क्रिय भइसकेको र त्यो विष्फोट हुने खतरा नभएको खुलासा भयो ।

रिपोर्टअनुसार यी व्यक्ति बेलायती सेनाका पूर्व सदस्य थिए । उनलाई पुरानो समयका हतियार जम्मा गर्ने सोख थियो । उनले दोस्रो विश्वयुद्धकालको यो गोला पनि आफूसँग राखेका थिए । केही दिनअघि कोठाको सरसफाइको क्रममा उनी चिप्लिए र बममाथि पछारिए । पछारिँदा बमको चुच्चो माग मलद्वारमा पस्यो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS