नयाँ दिल्ली: छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। राजस्थानमा ९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरुले जनाएका छन्। आजमात्रै मुम्बईमा एकै परिवारक ६ जनासहित ७ जनामा संक्रमण देखा परेको थियो।

भारतीय अधिकारीहरुका अनुसार महाराष्ट्रमा मात्र अहिलेसम्म ८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। यसअघि कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा संक्रमण पुष्टि भएको थियो।
भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS