काठमाडौं । विश्व बैंकले नेपालमा संघीयताका कारण सार्वजनिक खर्च बढेकोमा चिन्ता व्यक्त गरेको छ । सोमबार सार्वजनिक खर्चको समीक्षाबारे हरित वृद्धि र वित्तीय संघीयताको लागि सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको विश्व बैंकले नेपालमा संघीयताका कारण खर्च बढेको औँल्याएको हो ।

प्रतिवेदनमा संघीयताका कारण जनताको घर–दैलोसम्म सेवा पुगे पनि सार्वजनिक खर्च अत्याधिक बढेको देखाइएको छ । संघीयताकै कारण मुलुकको वित्तीय घाटा र सार्वजनिक ऋण वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीचमा कोरोना भाइरसको महामारीका कारण झन् खर्च बढेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनले निर्यात र रोजगारी सिर्जनामा सहयोग गर्नुपर्ने पनि सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS