काठमाडौं। बलिउडका दुई स्टारहरु कट्रिना कैफ र विक्की कौशलले आज बिहे गर्दैछन् । आज राजस्थानको सवाइ माधोपुरको सिक्स सेन्स फोर्ट बरवाडामा उनीहरुको शाही विवाह हुँदैछ । विक्की र कट्रिनाको बिहेको अगाडि सामाजिक संजालमा कैयौं मजेदार र फनी मीमहरु शेयर भइरहेका छन् । अब यो सूचीमा प्रसिद्ध कण्डम ब्राण्ड ड्युरेक्स पनि मिसिएको छ ।

कण्डम कम्पनी ड्युरेक्सले पनि रमाइलो पोस्ट शेयर गरेको छ । यो पोस्ट हेर्दाहेर्दै सामाजिक संजालमा भाइरल भएको छ । कण्डम ब्राण्ड ड्युरेक्स इण्डियाले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्याण्डलमा आफ्नो पोस्ट शेयर गरेको छ जसमा लेखिएको छ ‘डियर विक्की र कट्रिना । यदि हामीलाई निम्ता गरिएन भने तपाइँहरुले ‘किडिङ’ गर्नुहुनेछ ।

View this post on Instagram

A post shared by Durex India (@durex.india)

अंग्रेजी शब्द किडिङको अर्थ मजाक गर्नु हुन्छ । तर, यहाँ ड्युरेक्सले आफूलाई निम्ता गरिए ‘किड’ बन्ने अर्थात बच्चा जन्मिनेतर्फ संकेत गरेको छ । ड्युरेक्सको पो पोस्टमा फ्यानहरुले निकै मजा लिइरहेका छन् । उनीहरुले यो पोस्टमा निकै गजबका कमेन्ट गरिरहेका छन् । ड्युरेक्सको यो पोस्ट हेदाृहेर्दै निकै भाइरल भइरहेको छ ।

 

View this post on Instagram

 

A post shared by Durex India (@durex.india)

तपाईको प्रतिक्रिया

RELATED POSTS