काठमाडौं। चीनकी एक युवतीले धनाढ्यको जीवन बिताउनको लागि जे गरिन् त्यो थाहा पाएर सबै दंग परे । एयरपोर्टदेखि लिएर होटलसम्म उनले यति धेरै मानिसहरुलाई उल्लु बनाइन् कि गनेर साध्य छैन । सबैलाई उल्लु बनाएर उनले एक पैसा खर्च नगरी ३ हप्तासम्म हाइप्रोफाइल जीवन बिताइन् । आश्चर्यको कुरा त के भने यी युवतीले ३ हप्तासम्म यस्तै गरी मोजमस्ती गरिरहिन् र कसैलाई शंका समेत भएन ।

डेलीमेलको रिपोर्टअनुसार २३ वर्षकी यी युवतीको नाम जोउ याकी हो र उनी बेइजिङ युनिभर्सिटीमा आर्टसकी छात्रा हुन् । जोउ याकीले जे गरिन् त्यो उनको पढाइकै एक प्रोजेक्टको एक्सपेरिमेन्टको हिस्सा थियो । यो प्रोजेक्टमा उनले पूँजीवाद र उपभोक्तावादका विषयमा प्रयोग गरेकी थिइन् । उनलाई यो देखाउनु थियो कि कसरी एक पैसा खर्च नगरीकन बेइजिङजस्तो ठूलो सहरमा ३ हप्तासम्म हाइप्रोफाइल तरिकाले बस्न सकिन्छ ।

धनी देखिनको लागि याकीले धेरै तयारी गरिन् । उनले आफ्नो लुक र ड्रेसिङ स्टाइल विलासी जीवन बिताउने हाइप्रोफाइल महिलाहरुको जस्तो बनाइन् । चीनमा यस्ता मानिसहरुलाई सोसलाइट्स भनिन्छ । यतिमात्र होइन सोसलाइट देखिनको लागि उनले उनीहरुजस्तै हिँडडुल गर्ने र कुरा गर्ने तरिका पनि सिकिन् । सबै तयारी गरेपछि उनले महंगो ब्राण्डको ट्रयाकसुट लगाइन्, डार्क लिपस्टिक लगाइन् र ठूलो ब्राण्डको नक्कली लग्जरी ब्याग लिएर पूरै आत्कविश्वासका साथ फर्जी भीआइपी इन्ट्री पास देखाएर एयरपोर्टको लाउन्जमा पुगिन् ।

यो पास ३ दिनको लागि वैध थियो । यो पास प्रयोग गरेर उनले एयरपोर्टको लाउन्जमा ३ दिन बिताइन् । हाइपेफाइल व्यक्ति ठानेर कसैले उनीसँग केही सोधेनन् । याकी एक पैसा खर्च नगरी भीआइपी लाउन्जमा खानपिन र मोजमस्ती गरेर बसिन् । एयरपोर्टको लाउन्जबाट निस्किएपछि उनी कैयौं होटलमा गइन् । त्यहाँ उनले नक्कली नाम र नक्कली रुम नम्बर बताएर सुविधासम्पन्न वाशरुम र स्विमिङ पुलमा नुहाउने जस्ता सुविधाहरुको मजा उठाइरहिन् ।

एक स्टोरमाट सित्तैमा गुच्ची पेपर ब्गाग हातमा लिएर आफ्नो धनाढ्यता देखाइन् । उनी कैयौं पटक ठूला लिलामीहरु र ठूला ठूला पार्टीहरुमा सहभागी भइन् र सित्तैको खाना र वाइनको मजा लिइन् । आफ्नो तीन हप्ताको यो अनुभवलाई उनले आफ्नो पेजेक्टमा रेकर्ड गरिरहिन् । रोचक कुरा त के भने यो तीन हप्तामा उनले एक पैसा पनि खर्च गरिनन् र कसैले उनीमाथि शंका पनि गरेनन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS