मुम्बई — बलिउड अभिनेत्री स्वरा भास्करले विवाहबिना नै सन्तान ‘एडप्ट’ गर्ने घोषणा गरेकी छन् । ३३ वर्षीया अभिनेत्री भास्करले विवाहबिना नै सन्तान ग्रहण गर्ने घोषणा गरेकी हुन् । उनले बच्चा ग्रहण गर्नका लागि कानुनी प्रक्रियासमेत सुरु गरिसकेको बताएकी छन् । उनले यसका लागि सरकारी निकाय ‘सेन्ट्रल एडप्टेशन रिसोर्स अथोरिटी’मा आफ्नो नाम दर्ता गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘म सधैँ परिवार र बच्चा चाहन्थें । मलाई महसुस भयो कि यो कामका लागि एडप्टेशन सबैभन्दा राम्रो हुनेछ,’ अभिनेत्री भास्करले भनेकी छन् ।

भारतीय कानुन अनुसार यहाँ एकल महिलाहरूलाई सन्तान एडप्ट गर्ने अनुमति दिइएको छ । यसअघि पनि अभिनेत्री सुस्मिता सेन, प्रिती जिन्टा, रवीना टन्डन, सन्नी लियोन, निलम कोठारी लगायत कलाकारले सन्तान एडप्ट गरिसकेका छन् ।

भास्करले यसअघि पनि यसबारे प्रतिक्रिया दिएकी थिइन् । ‘वीरे दि वेडिङ’, ‘तनु वेड्स मनु’सहित केही फिल्ममा आफ्नो अभिनयको जबर्जस्त प्रभाव देखाएकी भास्कर पछिल्लो समय सत्ता र शक्तिको खरो आलोचना गर्ने गरेकी छन् ।

कतिपय राजनीतिक तथा सामाजिक मुद्दामा तर्क राख्दा उनी विवादितसमेत बनेकी छन् । देशव्यापी किसान आन्दोलनमा ऐकवद्धता जनाउनुका साथै उनले जवाहराल नेहरु विश्वविद्यालयको विद्यार्थी आन्दोलनमा खुलेर समर्थन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS