काठमाडौं। कोरोनाभाइरसको खोपको पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन केही हप्ता पर्खिनुपर्ने विशेषज्ञहरुले बताएका छन् । तर, एकै जना व्यक्तिले एकै दिन २४ घण्टाभित्र १० पटक कोरोनाभाइरसविरुद्धको खोप लगाएपछि न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयमा तनाव भएको छ । न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले यस विषयमा जाँच गर्न आदेश दिएको छ । यी व्यक्तिले एकै दिन १० वटा खोप लगाउनको लागि फरक फरक खोप केन्द्रमा पुगेका थिए । यी व्यक्तिले हरेक डोज खोप लगाएवापत पैसा समेत लिएका थिए ।

न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड–१९ खोप कार्यक्रमका समूह प्रबन्धक एस्ट्रिड कोर्ननिफले न्यूजिल्याण्ड हेराल्डसँग भनिन् ‘मन्त्रालयले यो कुराको जानकारी पाएको छ । हामीले यो विषयलाई निकै गम्भीरताका साथ लिएका छौं ।’ उनले यो स्थितिलाई लिएर मन्त्रालय धेरै चिन्तित भएको बताउँदै यस विषयमा सम्बन्धित एजेन्सीहरुसँग मिलेर जाँच अगाडि बढाइएको बताइन् ।

यो विषयमा खोप सल्लाहकार केन्द्रकी चिकित्सा निर्देशक तथा अकल्याण्ड विश्वविद्यालयकी प्रोफेसर निक्की टर्नरले एक दिनमा यति धेरै खोप लिएको कुनै डाटा उपलब्ध नभएको बताइन् । उनले भनिन् ‘जुन खोपको हामीले प्रयोग गरिरहेका छौं त्यसलाई सुरुवाती डेटाको आधारमा डिजाइन गरिएको हो । यसले मानव शरीरमा राम्रो प्रतिरक्षा प्रतिक्रिया दिने र मानिसलाई सुरक्षित राख्ने काम गर्छ । हामीलाई थाहा छ खोपको धेरै डोज लिनुका नकारात्मक परिणाम धेरै छन् ।’

टर्नरले अगाडि भनिन् ‘यो निश्चित रुपले सही होइन । हामीसँग यो कुराको कुनै प्रमाण छैन कि यो खोपको धेरै मात्रा लिँदा कुनै व्यक्तिमा कस्ता किसिमका नकारात्मक प्रभाव पर्छन् । यो सुरक्षित काम होइन । यो हर्कतले ती व्यक्ति जोखिममा परेका छन् ।’ एक रिपोर्टमा यसअघि नै मानिसहरुले अरुको परिचय पत्रको फाइदा उठाएर धेरै पटक खोप लगाउन सक्ने चेतावनी दिइएको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS