एलियनको विषयमा वैज्ञानिकदेखि आम मानिसहरूसम्मले बेलाबेलामा अनेक खालका दाबी गरिरहेको सुनिन्छ । पछिल्लो पटकचाहिं एकजना नायिकाले एलियनसँग डेटिङ गरिरहेको अनौठो दाबी गरेकी छिन् । बेलायतको लण्डनमा बस्ने अभिनेत्री एबिले आफूलाई एलियनले घरको बेडरुमबाटै उठाएर युएफओमा बसालेर अर्कै संसारमा लगेको दाबी गर्छिन् । आफूलाई राखेर लगिएको युएफओमा पाँच वटा एलियनहरू रहेको र त्यसमध्ये एउटा एलियनसँग आफ्नो प्रेम रहेको उनको दाबी छ ।

एबीका अनुसार मानिसभन्दा एलियन असल हुन्छ र राम्रो तरिकाले भावना बुझ्दछ । नायिकाका अनुसार उनको प्रेमी एलियन एन्ड्रोमेडा आकाशगंगामा बस्दछ । अहिले आफू आफ्नो प्रेमीसँगको दोश्रो भेटको प्रतिक्षामा रहेको उनी बताउँछिन् ।

आफू पृथ्वीमा बस्ने मानिसहरूसँग दिक्क भएको बेला एलियन प्रेमीले आफ्नो जीवनमा रंग भरिदिएको उनको जिकिर छ । मानिसहरूसँग दिक्क भएको बेला उनले पहिले सोसल मिडियामा आफु एलियनको पर्खाइमा रहेको बताएकी थिइन् । त्यसपछि उनले सपनामा एलियन देख्न थालिन् ।

एकदिन सपनामा उनलाई कसैले त्यस ठाउँमा भेट गर्न आउन भन्यो । त्यसपछि अर्को दिन उनी बेलुकीपख झ्यालको नजिकै उभिएर एलियनको प्रतिक्षा गरिरहन थालिन् । अन्ततः युएफओमा चढेर एलियन आयो र उनलाई लिएर गयो ।

उक्त युएफओमा रहेका पाँचवटा एलियनमध्ये एउटा ठूलो एलियनसँग उनको मन गाँसियो । सुरुमा त उनलाई निकै डर लागिरहेको थियो । तर उनलाई प्रेमी एलियनले साथ दियो र २० मिनेटपछि सोही यूएफओबाट उनलाई घरमा फिर्ता ल्याएर छाड्यो ।

आफू आफ्नो प्रेमी एलियनको ग्रहमा जान चाहेको उनी बताउँछिन् । त्यहाँ गएर आफ्नो प्रेमीका साथीहरू कस्ता छन् भन्ने हेर्ने चाहना उनको छ ।

नायिका एबीले एलियनसँग डेट गरिरहेको भनेर सोसल मिडियामा शेयर गरेपछि धेरै त्यसलाई काल्पनिक भनेका छन् । धेरैले उनको मजाक उडाइरहेका छन् । एजेन्सी

 

तपाईको प्रतिक्रिया

RELATED POSTS