काठमाडौं। एक युट्युब स्टार मृत भेटिएपछि गरिएको प्रारम्भिक अनुसन्धानमा उनी आफै.ले आत्महत्या गरेको हुन सक्ने विश्वास गरिएको छ । २१ वर्षकी क्रिस्टिना ‘किका’ डुकिक डिसेम्बर ८ मा सर्बियाको राजधानी बेलग्रेडस्थित घरमा मृत अवस्थामा फेला परेकी थिइन् । कथित रुपमा उनलाई वर्षौंदेखि अनलाइनमा घृणा झल्किने कमेन्टहरु र म्यासेजहरु आउने गरेका थिए । उनले यही कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो ।

इन्स्टाग्राम, युट्युब र ट्वीच जस्ता सामाजिक संजालमा एक मिलियन भन्दा धेरै फलोअर भएकी यी इन्टरनेट व्यक्तित्वको मृत्यु भएको जानकारी सुरुमा उनकी आमा नताशाले दिएकी थिइन् । अहिले डिलिट गरिसकिएको एक पोस्टमा नताशाले क्रिस्टिनाको मृत्यु भएको पुष्टि गर्दै आत्महत्या गर्ने सोचाइ आउने गरेका कुनै पनि व्यक्तिलाई सहयोग खोज्न आग्रह पनि गरेकी थिइन् ।

क्रिस्टिनाकी नजिककी साथी मिरा भ्लादिस्भ्जेभिकले सर्बियाको ट्याब्लोइड अखबार टेलीग्राफसँग कुरा गर्दै ८ वर्षदेखि अनलाइनमा हिंसाको सामना गरेकी युवतीको बारेमा रिपोर्टिङ गर्दा मिडियालाई संवेदनशील हुन आग्रह गरिन् । क्रिस्टिनाले सामाजिक संजालमा पोस्ट गरेका कुराहरु हेर्दा उनले केही वर्षदेखि अनलाइनमा नकारात्मक टिप्पणीहरुसँग संघर्ष गरिरहेको अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS