खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा आफ्नो असन्तुष्टि सेतोपाटीमा व्यक्त गरेका राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानीबाट हटाएको छ। क्यानले नयाँ कप्तान सन्दीप लामिछानेलाई बनाउने निर्णय गरेको छ। मल्लसहित असन्तुष्टि पोखेका उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई वर्गीकरणबाट सन् २०२२ मा प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेको छ।

खेलाडीहरूलाई कारबाही गर्ने वा नगर्नेबारे आज बसेको बोर्ड बैठकमा विवाद भएको थियो। ६ जना केन्द्रीय सदस्यहरूले खेलाडीलाई कारबाही गरेर विवाद समाधान नहुने बताएका थिए। केन्द्रीय सदस्यहरू अमितवीर पाण्डे, ऋषिराम गौतम, दाउद अन्सारी, करण मल्होत्रा, छुम्बी लामा र सञ्जय सिंहले खेलाडीलाई कारबाही गर्न नहुने राय राखेका थिए।

बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले भने कारबाही गर्नुपर्ने अडान राखेपछि बहुमतको आधारमा निर्णय भएको हो। भर्चुअल बैठकको दौरान सदस्यहरूबीच चर्काचर्की पनि भएको एक केन्द्रीय सदस्यले बताए। क्यानका अध्यक्ष चतुरबहादुर चन्द अनुशासनहीन काम गरेकोले कप्तान परिवर्तन गरेको र अन्य खेलाडीलाई ६ महिनाको तलब नदिने निर्णय गरेको बताए। तर खेलाडीहरूलाई राष्ट्रिय टिमबाट खेल्न कुनै बन्देज नलगाइएको उनले बताए।

क्यानको आज सम्पन्न बोर्ड बैठकले गरेका निर्णय :-

तपाईको प्रतिक्रिया

RELATED POSTS