काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफले नायक विक्की कौशलसँग विवाह गरिन् । राजस्थानमा तीनसम्मको विवाह कार्यक्रम सकेर यो जोडी माल्दिभ्समा हनिमुन मनाएर मुम्बई फर्किसकेको छ ।तर पनि उनीहरुको विवाह कार्यक्रमको चर्चा अझै सेलाएको छैन । कट्रिनाले विवाहमा लगाएको पहिरन र गहनाको चर्चा शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाले विवाहमा २७ लाखको लेहेङ्गा लगाइएकी थिइन् । उनले लगाएका थुप्रै गहनाका साथै एउटा औंठीको पनि चर्चा छ । टिफनी ब्राण्डको हीराको औंठीका लागि कट्रिनाले १२ लाख नेपाली रुपैयाँ खर्च गरेको समाचारमा जनाइएको छ ।

उसो त, कट्रिना भन्दा अगाडि बलिउडका चर्चित नायिकाहरुले गहना र पहिरनमा महँगो खर्च गरेका थिए । अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाहको पनि सर्वाधिक चर्चा भएको थियो । विवाहमा ऐश्वर्याले १ करोड २० लाखको साडी लगाएकी थिइन् भने उनले लगाएको गहना ५ करोड ६० लाखको रहेको बताइन्छ ।

यस्तै चार वर्षअघि अभिनेत्री अनुष्का शर्माले क्रिकेटर विराट कोहलीसँग विवाह गरिन् । उनले विवाहमा ७२ लाख रुपैयाँ सब्यासाची लेहेङ्गा लगाएकी थिइन् भने करिब ५ करोडको गहना लगाएकी थिइन् । प्रियंका चोपडाले सन् २०१८ मा गायक निक जोनससँग विवाह गरिन् । उनको विवाहमा करिब ५ करोड गहनामा नै खर्च भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

दीपिका पादुकोण र रणवीर सिंहले इटालीमा भव्य विवाह गरिन् । विवाह दीपिकाले सब्यसाचीको रातो लेहेङ्गा लगाएकी थिइन् । उनले २ करोड ५० लाखको गहना लगाएकी थिइन् । उनले लगाएको मंगलसूत्रको मूल्य ३६ लाख रुपैयाँ रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS