काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफ्ना आमाबुबाको नाममा पुण्यश्री प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेका छन् । साथै प्रतिष्ठानमा मोरङ क्षेत्र नम्बर २ का नागरिकले स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी आफूले ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् ।

डा. रिजालका अनुसार उनले यो निर्णय केही पहिले गरेका थिए । तर बिहीबार मात्र सार्वजनिक गरेका छन् । कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले बिहीबार मात्र रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS