बलिउडका पावर कपल भनिने रणबीर कपुर र आलिया भट्टको फिल्म ब्रह्मास्त्र सन् २०२२ मा रिलिज हुनेछ । यो जोडी पहिलो पटक सिल्भर स्क्रिनमा रोमान्स गरिरहेका छन् । हालै ब्रह्मास्त्रको मोशन पोस्टर लञ्चको कार्यक्रम थियो । यतिबेला रणबीर कपुरले आलियासँग ठट्टा गरेका छन् जसलाई धेरैले रणबीरले आफ्नी प्रेमिकाको बेइज्जत गरेको भन्ने आरोप लगाइरहेका छन् ।

स्टेजमा रणबीरले उडाए आलिया भट्टको मजाकः

स्टेजमा फिल्मको प्रोमोट गर्दै रणबीर कपुर र आलिया भट्टको मस्ती पनि चलिरहेको थियो । कार्यक्रमसँग सम्बन्धित एउटा भिडियो भाइरल भइरहेको छ जहाँ रणबीर कपुरले आलियालाई ‘कस्तो महसुस गरिरहेको छौ ?’ भनेर सोधिरहेका छन् । जवाफमा आलिया भट्टले भनेकी छिन्, ‘म निकै भावुक छु । यो एक्साइटिङका साथै भावुक पारिदिने पल हो ।’

आलियाको कुरा सुनेर रणबीर कपुरले ठट्टा गर्दै भने, ‘तर तिमी किन भावुक भइरहेकी छौ ? तिमी त अहिलेसम्म पोस्टरमा पनि देखिएकी छैनौ ।’ रणबीरको यो कुरा सुनेर आलिया भट्ट हैरान हुन्छिन् र त्यसपछि जवाफ दिन्छिन्, ‘किनभने तिमी पोस्टरमा छौ नि बेबी, म भावुक त हुने नै भएँ नि ।’

कहिले होला रणबीर–आलियाको विवाह ?

कार्यक्रममा रणबीरलाई उनको विवाहबारे पनि प्रश्न सोधिएको थियो । रणबीरले आलियासँग यसको जवाफ मागेका थिए ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS