काठमाडौंः कप्तान ज्ञानेन्द्र मल्लसहित कारबाहीमा परेका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)ले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले यस्तो आग्रह गरेका हुन्।

क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन अपिल गरेका छन्। एकै ठाउँमा बसेर सम्वादमार्फत् निकास खोज्न क्यानलाई आग्रह गरे।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले क्रिकेट खेलाडीमाथि गरिएको कारबाही पुनर्विचार गर्न क्यानलाई आग्रह गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाए।

मन्त्री गहतराजले नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीलाई दुरुत्साहित तरिकाले कारबाही गर्नु गलत भएको बताए। सो क्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रमाण पुर्‍याएर खेलाडीमाथि कारबाही गरेको बताए। राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानले कारबाही गरेको छ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS