काठमाडौं । अभिनेत्री क्याट्रिना कैफ र अभिनेता विक्की कौशल ९ डिसेम्बरका दिन राजस्थानमा वैवाहिक बन्धनमा बाँधिएका छन् । विवाहपछि यो जोडी अहिले मुम्बई फर्किसकेका छन् । विवाहपछि अधिकांश जोडी आफ्नो कामबाट केही समय भएपनि ब्रेक लिने गर्दछन् । तर, क्याट्रिना र विक्की भने विवाहपछि पनि ब्रेक नलिइकन काममा फर्किने भएका छन् ।

अब अभिनेत्री क्याट्रिना चाँडै नै अभिनेता सलमान खानसँग ‘टाइगर–३’ को सुटिङका लागि १५ दिनको कार्यक्रममा जाने भएकी छन् ।

‘टाइगर–३’को सुटिङ दिल्लीमा हुने

क्याट्रिना कैफले चाँडै दिल्लीमा सलमानसँग आगामी फिल्म ‘टाइगर–३’को सुटिङ सुरु गर्ने भएकी छन् । उक्त फिल्मको अधिकांश छायाङ्कन भइसकेको छ । क्याट्रिना र सलमानले यस सुपरहिट फ्रेन्चाइजमा पुनः काम गर्न लागेका हुन् ।

नयाँ वर्षबाट काम सुरु हुने

यसअघि क्याट्रिना र सलमान खानले रुस, टर्की, अस्ट्रिया र मुम्बईमा यस फिल्मको सुटिङ गरिसकेका छन् । मनेश शर्मा निर्देशित यस स्पाई थ्रिलर ‘टाइगर ३’ लगभग अन्तिम चरणमा पुगेको बताइएको छ ।

समाचारका अनुसार क्याट्रिना र सलमान दुवैले जनवरीको मध्यबाट दिल्लीमा यस फिल्मको महत्वपूर्ण भागको सुटिङ गर्ने भएका छन् । फिल्मको सुटिङ दिल्लीमा करिब १५ दिनसम्म चल्ने जानकारी गराइएको छ ।

वास्तविक स्थानमा काम गरिने

यो फिल्ममा मौलिक अनुभूति ल्याउनका लागि सलमान र क्याट्रिना कैफले आर्टिफिसियल सेटमा नभई वास्तविक स्थानमा सुटिङ गर्ने बताइएको छ । यसका लागि टोली तयारीमा जुटेको छ । सेलिब्रेटीको लोकप्रियतालाई ध्यानमा राख्दै निर्माताले यस विषयमा सुरक्षाको प्रबन्ध गरेका छन् ।

यो फिल्म आदित्य चोपडाको यशराज फिल्म्सको ब्यानरमा बनिरहेको छ । रिपोर्टका अनुसार फिल्ममा सलमान खान र कट्रिना कैफसँगै इमरान हाशमी पनि महत्वपूर्ण भूमिकामा देखिने छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS