काठमाडौं। अमेरिकाको जर्जिया राज्यको सवानामा एक वर्षका बालकले गोली हानेर आफ्ना पितालाई मारिदिएका छन् । यी १ वर्षका बालकलाई लोड गरिएको पेस्तोल दिइएको थियो । बालकले गल्तीवश बन्दुक चलाइदिए । गोली चलेपछि त्यो गोली लागेर बालकका पिताको मृत्यु भयो । पुलिसले मृतक २५ वर्षका डस्टिन वाल्टर्स भएको बताएको छ ।

डेलीमेलका अनुसार बन्दुक झुक्किएर चलाउने बालकको नाम मार्स क्यामरुन वाल्टर्स हो र उनी डस्टिनका छोरा हुन् । घटना गएको ५ डिसेम्बरको हो । १४ डिसेम्बरमा मात्र पुलिसले बच्चाको हातबाट गोली चलेर डस्टिनको मृत्यु भएको कुरा सार्वजनिक गरेको थियो । गोली लागेका डस्टिनलाई मेमोरियल मेडिक सेन्टरमा भर्ना गरिएको थियो जहाँ उपचारको क्रममा उनको मृत्यु भयो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS