विवाहमा सालीले भिनाजुको जुत्ता लुकाएको बिषय म्युजिक भिडियोमा पनि समेटिएको छ । गायक कृष्ण केसी, गायिका एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘लुम्ले काँडेमा’ को भिडियोमा यो बिषय समेटिएको हो ।

गीतमा कृष्ण केसीको शब्द तथा संगीत छ । गीतको भिडियो डान्सिङ शैलीमा तयार पारिएको छ । गायक केसीकै निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्री अभिनय देख्न सकिन्छ ।
मौसम हिमालीकोे कोरियोग्राफी रहेकोे भिडियोमा अनिल के मानन्धरको छायाङ्कन, प्रवीण भट्टको सम्पादन रहेको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS