एजेन्सी । पछिल्लो समय बलिउड अभिनेत्री कृति सेनन अमिताभ बच्चनको घरमा भाडामा बस्दै आएकी छन् । यस खबरपछि अभिनेत्री काजोल र अजय देवगनले पनि आफ्नो घर भाडामा दिएका खबर बाहिरिएको छ । काजोल–अजयले मोटो रकममा आफ्नो घर भाडामा दिएका हुन् ।

पवईस्थित अपार्टमेन्ट घर दिए भाडामा

मनी कन्ट्रोलको रिपोर्ट अनुसार काजोल र अजय देवगनले मुम्बईको पवईमा रहेको आफ्नो अपार्टमेन्ट घर भाडामा दिएका छन् । सार्वजनिक समाचार अनुसार ७ सय ७१ वर्ग फिट क्षेत्रफलमा फैलिएको उक्त घरको भाडा मासिक ९० हजार रुपैयाँ रहेको छ ।

२१औं तलामा छ घर

पवईमा रहेको काजोल–अजयको अपार्टमेन्ट हिरानंदानी गार्डेनको एट्लान्टिक प्रोजेक्टको २१ औं तलामा छ । यस अपार्टमेन्टको लीज र इजाजतपत्र सम्झौता डिसेम्बर ३ मा दर्ता गरिएको थियो ।

उक्त घर भाडामा लिनका लागि भाडामा लिने व्यक्तिले तीन लाख रुपैयाँ सेक्युरिटी रकम पनि जम्मा गरेका दस्तावेजमा उल्लेख गरिएको छ ।

एक वर्षपछि भाडा बढाइने

उक्त घर भाडामा लिने ब्यक्तिले एक वर्षको लागि मासिक ९० हजार रुपैयाँ भाडा तिर्नुपर्नेछ । तर, एक वर्षपछि भाडा बढाइने बताइएको छ । त्यस्तै एक वर्षपछि भाडामा लिनेले मासिक रु ९६ हजार ७५० तिर्नु पर्नेछ ।

भव्य बंगलामा बस्छन् काजोल र अजय देवगन

अजय देवगन र काजोल आफ्ना छोराछोरीसँग बस्ने बंगलाको नाम शिवशक्ति राखिएको छ । यो बंगला उनीहरुले ६० करोडमा किनेका हुन् । यो घर ५९० स्क्वायर यार्डसमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS