नयाँ दिल्ली : दक्षिण अफ्रिकामा कोरोनाको नयाँ ‘भेरियन्ट’ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २२ प्रतिसतले घटेको छ । गत नोभेम्बरमा ओमिक्रोन भाइरस दक्षिण अफ्रिकाबाट सुरु भएको हो ।

दक्षिण अफ्रिकामा बुधबार २१ हजार ९९ जनामा कोरोना भाइरस पुष्टी भएको छ । दक्षिण अफ्रिकाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले ओमिक्रोन संक्रमितहरु अस्पताल भर्ना हुनेकाे संख्या समेत घटेको जनाएको छ । संक्रमितको संख्या घटेसँगै दक्षिण अफ्रिकामा ओमिक्रोनको संक्रमण घटदै जाने विश्वास गरिएको भारतीय संचारमाध्यहरुमा समाचार छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS