मिस वर्ल्डको उपाधी पनि जितिसकेकी भारतीय नागरिक प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट जोनस थर हटाएको कारण बारे बताएकी छिन् ।

प्रियंका​ले आफ्नो नामबाट जोनस शब्द हटाएपछि सोशल मीडियामा प्रियंका र निक जोनसको सम्बन्ध विच्छेदको समाचारले असाध्यै व्यापकता पायो । सामाजिक मिडिया प्रयोगकर्ताले प्रियंकालाई ट्रोल गर्नसमेत छाडेनन् । यद्यपि, पछि प्रियंकाकी आमा मधुु चोपडाले यसमा प्रतिक्रिया दिँदै यसलाई नचाहिँदो हल्ला मात्रै भएको बताइन् ।

द म्याट्रिक्स रिसरेक्सन्स चर्चामा

पहिले बलिउड स्टार मात्रै रहेकी प्रियंका चोपडा २०१८ को डिसेम्बर १ मा अमेरिकी गायक निक जोनससँग विवाह बन्धनमा बाँधिएकी थिइन् । विवाहपछि प्रियंका श्रीमानसँग लस एन्जलस अमेरिकामा बस्दै आएकी छिन् । तर हाल उनी सोशल मीडियामा व्यापक सक्रिय छिन् । सोशल मीडिया माध्यमका कारण पनि उनी धेरैजसो समाचार बन्ने गरेकी छिन् । सुरुमा उनी आफ्नो आउँदो हलिउड फिल्म ‘द म्याट्रिक्स रिसरेक्सन्स’ का कारण समाचारमा छाएकी थिइन् भने हाल उनी यो फिल्मको प्रवद्र्धनमा व्यस्त छिन् ।

जोनस थर किन हटाइन् ?

‘द म्याट्रिक्स रिसरेक्सन्स’को प्रवद्र्धनको समयमा अभिनेत्रीले आफ्नो मौनता तोड्दै टाइम्स अफ इन्डियासँगको कुराकारनीमा जोनस थर हटाउनुको कारण बताइन् । उनी इन्स्टाग्राम र ट्वीटरमा एउटै युजरनेम राख्न चाहन्थिन् । त्यसैले उनले दुबै ह्यान्डिलबाट जोनस थर हटाएको कुराकानीमा बताएकी छिन् । प्रियंकाले भनिन्,‘ यस्तो सानो कुरालाई पनि यत्ति ठूलो बनाएर मानिसहरुले चर्चा गरिरहेको हेर्न मलाई मजा आइरहेको थियो । यो त सोशल मीडिया हो यार, चिल हुनुहोस् । ’

सिनेमाघरमा रिलिज भयो ‘द म्याट्रिक्स रिसरेक्सन’

प्रियंका अभिनित यो फिल्म २२ डिसेम्बरमा सिनेमाघरमा रिलिज भएको छ । फिल्ममा उनले सतीको भूमिका निभाएकी छिन् । फिल्म प्रमुख रुपमा २००३ मा द म्याट्रिक्स रिभोलसनको एउटा बच्चालाई लिएर कथा बनाइएको छ ।

 

 

View this post on Instagram

 

A post shared by Priyanka (@priyankachopra)

तपाईको प्रतिक्रिया

RELATED POSTS