काठमाडौं । शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘चुरीफुरी’ मल्टिप्लेक्स हलमा विदेशी चलचित्रको चेपुवामा परेको छ । यो चलचित्रलाई देशकै सबैभन्दा ठूलो चेन भएको मल्टिप्लेक्स क्यूएफएक्सले जम्मा तीन शो उपलब्ध गराएको छ । यो चलचित्रले काठमाडौं उपत्यका भित्रका क्यूएफएक्स चेनको कुनै पनि हलमा शो नै पाएको छैन । काठमाडौं बाहिरका नेपालगञ्ज, दमौली र नारायणगढमा यो चलचित्रले १–१ शो मात्र पाएको छ ।

क्यूएफएक्समा ‘चुरीफुरी’ गत सातादेखि रिलिज भएको हलिउड चलचित्र ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय (साउथ) चलचित्र पुष्पा’को चेपुवामा परेको छ । बलिउड चलचित्र ‘८३’ नेपाल नभित्रिँदा पनि यो चलचित्रले निक्कै कम शो पाएको छ ।

यस्तै, काठमाडौंको वान सिनेमाजले यो चलचित्रलाई बिहान ११ बजेको एक शो मात्र उपलब्ध गराएको छ । काठमाडौंै बिग मुभिजले पनि बिहान साढे ११ बजे एक शो मात्र यो चलचित्रलाई उपलब्ध गराएको छ ।

भारतमा ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको चलचित्र ‘अतरंगी रे’ले नेपाली हलमा भने राम्रो शो पाएको छ । भारतमा ओटीटीमा रिलिज हुन लागेको चलचित्रलाई नेपाल भित्र्याएर वितरकले रिलिज गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

विगतमा विदेशी चलचित्र नहुँदा खासै अपेक्षा नगरिएका नेपाली चलचित्रले समेत मल्टिप्लेक्समा एक दर्जन शो पाएका थिए । तर, अहिले विदेशी चलचित्रले बक्स अफिसमा धमाका मच्चाउँदा नेपाली चलचित्र चेपुवामा परेका छन् ।

निर्देशक ऋषिराज आचार्यले अन्य हलमा शो पाएपनि क्यूएफएक्समा भने कुरा भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS