बलिउडकी क्विन भनिने ३४ वर्षकी कंगना रनौत अझै पनि सिंगल छिन् र कोही विशेषको प्रतिक्षा गरिरहेकी छिन् तर बलिउडका एक अभिनेता यस्ता पनि छन् जो उनीसँग विवाह गर्नका लागि आफ्नी श्रीमतीलाई पनि छोड्न सक्छन् । यी अभिनेता अरु कोही नभई अनिल कपुर हुन् । अनिल कपुर कंगनाका यति ठूला प्रशंसक हुन् कि उनका लागि अनिल आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदसमेत गर्न सक्छन् । यो कुराको खुलासा अनिल कपुर आफैंले करण जोहरको शो कफी विद करणमा गरेका हुन् ।

कंगनासँग विवाह गर्नका लागि श्रीमती छोड्न सक्छन् अनिलः

करण जोहरले अनिल कपुरलाई ‘एक महिलाको नाम भन्नुहोस् जसका लागि तपाईंले श्रीमती सुनिता कपुरलाई छोड्न सक्नुहुन्छ ’ भन्ने प्रश्न सोधे । यसको जवाफमा अनिलले कंगनातर्फ इशारा गरे र उनको नाम लिए । अनिलले ठट्टा गर्दै कंगनाको नाम लिएतापनि सोसल मिडिया प्रयोगकर्तालाई ट्रोल गर्न बहाना न चाहिन्छ ।

को हुन् अनिल कुमारकी श्रीमती ?

अनिल कपुर र सुनिता कपुरले सन् १९८४ मा विवाह गरे । त्यतिबेला सुनिता एक मोडल थिइन् र उनका पिता बैंकर थिए । यस्तै अनिल कपुर त्यतिबेला इन्डष्ट्रिमा संघर्ष गरिरहेका थिए । अब सुनिता व्यावसायिक रुपमा कस्ट्युमर डिजाइनर हुन् । यी दुईका तीन सन्तान सोनम कपुर, रिया कपुर र हर्षवर्धन कपुर हुन् । सोनम र हर्षवर्धन अभिनयको क्षेत्रमा छन् । यस्तै रिया कपुर फिल्म निर्मात्री हुन् ।

कंगनाका नयाँ फिल्मः

कंगना रनौत आफ्नो बयानका कारण लगातार चर्चामा छाइरहन्छिन् । कंगना रनौत तेजस, धाकड, इमरजेन्सीसहित थुप्रै फिल्ममा देखिनेछिन् । केही समयअघि कंगनाको फिल्म थलाइवी सिनेमाघरमा रिलिज भएको छ । यो फिल्मलाई कंगनाको करियरको उत्कृष्ट फिल्म भनिँदैछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS