नयाँ दिल्ली : बलिउड अभिनेत्री सुस्मिता सेनले प्रेमी रोहमन शालसँग ब्रेकअप गरेकी छिन। नायिका सुस्मिताले प्रेमी रोहमनसँग ब्रेकअप गरेको सामाजिक संजालमार्फत बिहीबार घोषणा गरेकी थिइन्। यो समाचारले उनका फ्यानहरु निराश भएका छन्। किनभने अभिनेत्री सुष्मिता र उनका प्रेमी रोहमन बलिउड फिल्म इन्डस्ट्रीका सबैभन्दा चर्चित र रुचाइएको जोडीमध्ये एक हो।

रोहमनसँग ब्रेकअपपछि सुस्मिताले सामाजिक संजालमा आफ्नो तस्बिरसहितको नयाँ पोस्ट सेयर गरेकी छिन्। जसमा आधा अनुहार देखिने प्रोफाइल पिक्चर देखिन्छ। तस्बिरमा उनका आँखा झुकेका छन्। आधा अनुहार कपालले ढाकिएको छ। सुस्मिताले आफ्नो सुन्दर तस्बिर सेयर गर्दै लेखेकी छिन्- शान्ति सबैभन्दा सुन्दर छ। म तिमीलाई धेरै माया गर्छु।’

‘हाम्रो सम्बन्ध मित्रताबाट सुरु भयो, हामी साथी नै रहे। सम्बन्ध धेरै पहिले टुट्यो… माया रहिरहन्छ, ‘उनले लेखेकी छिन्। रोहमन शालले पनि सुस्मिताको यो इन्स्टा पोस्ट आफ्नो इन्स्टामा पुनः पोस्ट गरेका छन् । यसले दुवैबीच कुनै तनाव नभएको देखिन्छ।

सुस्मिता सेन र रोहमन शालको जोडीलाई फ्यानहरुले खुबै रुचाएका थिए । सामाजिक सञ्जाल म्यासेजबाट सुरु भएको दुवैको प्रेमकथा चाँडै टुङ्गिनेछ भन्ने कुरा उनका फ्यानले सोचेका थिएनन्। फ्यानहरू यो जोडिलाई विवाह बन्धनमा बाँधिएको हेर्न चाहन्थे।

तर, दुवैको यो सम्बन्ध विवाहको चरणमा पुग्न सकेन । दुईको ब्रेकअप के कारणले भयो थाहा छैन । ब्रेकअपपछि रोहमनले अभिनेत्रीको घर छोडेको खबर आएको समाचार आजतकमा छ। सुस्मिताले विगत साढे दुई वर्षदेखि रोहमनसँग डेट गरिरहेकी थिइन् । रोहमन सुस्मिताभन्दा १५ वर्षले कान्छा छन्। सुस्मिता ४६ वर्षकी भइन्। दुवैजना लिभ इन रिलेसनसीपमा बस्दै आएका थिए। रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलिशासँग पनि राम्रो बन्धन छ। उनीहरूले रोहमनलाई बुवा भनेर सम्बोधन गर्छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS