बलिउड अभिनेता सलमान खान आज आफ्नो ५६ औँ जन्मदिन मनाइरहेका छन् । अभिनेताले ३१ वर्षको फिल्मी करियरमा बलिउडलाई ‘मेने प्यार किया, हम आपके है कौन, हम दिल दे चुके सनम, हम साथ–साथ है’ जस्ता उत्कृष्ट र कल्ट क्लासिक फिल्म दिएका छन् । सलमान फिल्मबाहेक आफ्नो सामाजिक क्रियाकलाप, सम्बन्ध र विवादका कारण पनि सधैँ चर्चामा आइरहन्छन् । आज उनको जन्मदिनको विशेष मौकामा उनको यात्राबारे जानकारी लिऔं ।

अब्दुल राशिद सलिम सलमान खान हो अभिनेताको पूरा नामः

शोले, जंजिरजस्ता थुप्रै उत्कृष्ट फिल्मका लागि डाइलग लेखिसकेका सलिम खानका तीन छोरामध्ये सलमान खान सबैभन्दा ठूला हुन् । २७ डिसेम्बर सन् १९६५ मा इन्दौरमा जन्मिएका सलमानलाई नाम दिइएको थियो अब्दुल राशिद खान ।

सलमानकी आमाको वास्तविक नाम सुशिल चरक थियो जुन विवाहपछि फेरिएर सलमा खान भएको थियो । सलमासँग अलग्गिएपछि सलिमले नायिका हेलनसँग विवाह गरेका थिए । यसकारण पितार छोराबीच दुरी आएको थियो । तर केही वर्षपछि सलिम आफ्नी दुबै श्रीमतीसँगै बस्न थाले र परिवार पुनः एक भयो ।

सलमानलाई क्रिकेटर बनाउन चाहन्थे पिता सलिमः

सलमानका पिता उनलाई अभिनेता नभई क्रिकेटर बनाउन चाहन्थे । यसका लागि सलिमले भारतका दिग्गज क्रिकेटर सलिम दुर्रानीलाई सलमानको ट्रेनर पनि बनाइदिए । सलमानलाई क्रिकेटमा रुची थिएन तर उनी राम्रो भने खेल्थे ।

निद्रा नबिग्रियोस् भनेर छोडिदिए क्रिकेटः

एक किस्सा सेयर गर्दै सलमानले एकदिन उनका पिता उनको म्याच हेर्न स्टेडियममा आएको बताए । सलमानलाई थाहा थियो कि यदि उनले राम्रो प्रस्तुती दिए भने उनले सधैं क्रिकेट खेल्नुपर्दथ्यो ।

सलमान सधैँ ९ बजे स्कूलको समभन्दा आधा घण्टा अघि मात्रै उठ्थे तर क्रिकेट खेल्ने समयमा उनी बिहान ५ बजे उठ्ने गर्दथे । यो सम्झिएर सलमानले जानीजानी पिताको अगाडि यति खराब प्रस्तुती दिए कि उनलाई क्रिकेटबाट हटाइयो ।

यसरी सुरु भयो सलमानको फिल्मी यात्राः

संयोगवश पाए सलमानले पहिलो फिल्म

सन् १९८८ मा बिवी हो तो ऐसी, फिल्मका निर्देशक जे.के. बिहारी रेखाको देवरको भूमिकाका लागि कुनै नयाँ अनुहारलाई लिन चाहन्थे । तर पहिलो दिन अडिशनका लागि कोही पनि आएन ।

यो घटनापछि बिहारी असाध्यै चिन्तित भए र अफिसमा आउने पहिलो व्यक्तिलाई नै फिल्ममा लिने मन बनाए ।

संयोगवश सलमान खान ती पहिलो पाहुना बने । बिहारीले उनलाई बधाई दिए र फिल्ममा साइन गरे । सुरुमा त सलमानले यसलाई ठट्टा ठाने तर चाँडै नै उनलाई विश्वास भयो कि उनी फिल्मका लागि निश्चित भइसकेका थिए ।

पहिलो फिल्मबाट निराश भएका सलमानले आफ्ना पितालाई एउटा फिल्म बनाएर उनलाई पुनः लञ्च गर्न आग्रह गरे । तर जवाफ पाए ‘इन्दौरबाट मुम्बई आएर मैले कहिल्यै घोडामाथि पैसा खर्च गरिनँ भने गधामा कसरी लगानी गर्न सक्छु ?’

मैले प्यार किया फिल्मबाट बाहिरिन चाहन्थे सलमानः

सलमानले सुरज बडजात्यालाई फोन गरेर ‘तपाईंका पिता राजकुमार बडजात्याले यो फिल्ममा असाध्यै धेरै पैसा लगानी गरिरहेका कारण मलाई यो फिल्मबाट निकालिदेउ’ भनेका थिए ।

मैने प्यार कियामा सह–निर्देशक बन्न चाहन्थे सलमानः

सलमानले बडजात्यालाई आफूलाई फिल्ममा हिरोको साटो सह–निर्देशक बनाउन माग गरे । त्यसपछि निर्देशकले उनलाई भने, ‘बिबी हो तो ऐसी फिल्म तिम्रो स्क्रिन टेस्ट थियो र मैले तिमीलाई मेने प्यार किया फिल्ममा कास्ट गरेर कुनै गल्ती गरेको छैन ।’

सलमानले बडजात्याको फिल्म मेने प्यार कियाको सुटिङ सुरु गरे । यो फिल्ममा भाग्यश्री उनकी हिरोइन थिइन् । यो फिल्मपछि सलमानले सबै काम छोडिदिए ।

यो फिल्मका केही दृश्य हेरेपछि घर आएर भने,

सलिमः तँलाई के लाग्छ, तँ स्टार बन्नेछस् ?

सलमानः मलाई थाहा छैन, तपाईं नै भन्नुहोस् न । ।

सलिमः (मुस्कुराउँदै) यो एउटा हिट फिल्म हो, कल्ट हो ।

सन् १९९४ मा सलमानले दिए इन्डियन सिनेमाको ‘अल टाइम ब्लकबस्टर’

भारतमा ‘हम आपके है कौन’ ७.४ करोड टिकट बिक्री भयो ।

भारतमा सय करोड कमाउने पहिलो फिल्म

हम आपके है कौन अघि सन् १९८३ कामे फिल्म डिस्को डान्सरले १०० करोडको ओभरसिज कलेक्सन गरेको थियो जसमा यो फिल्मले सोभियन युनियनमा ९४ करोड र भारतमा ६ करोडको कलेक्सन गरेको थियो । यो हिसाबले ‘हम आपके है कौन’ भारतमा सय करोडको व्यापार गर्ने पहिलो फिल्म थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS