बलिउडमा परिचित भएर आफ्नै पहिचान बनाउन सक्नु चानचुने उपलब्धि होइन। कडा मेहनत र लामो यात्रा तय गरेर मात्र यहाँ धेरै कलाकारले परिचय बनाउँछन् र स्टार बन्छन्।

आज अरबमा कमाउने कयौं बलिउड स्टारहरुको विगतको संघर्ष पनि यस्तै छ। संघर्षकालीन समयमा शाहरुख खान, अमिताभ बच्चन, प्रियंका चोपडा जोनस, अक्षय कुमार र आमिर खानजस्ता स्टारको संघर्ष पनि यस्तै छ। तर हिजो थोरै पैसाबाट कमाइ सुरु गरेका उनीहरु आज भारतका अर्बपतिमध्ये पर्छन्। शाहरुख खान, अमिताभ बच्चन, प्रियंका चोपडा जोनस, अक्षय कुमार र आमिर खानले पाएको पहिलो पारिश्रमिकबाट पनि उनीहरुले मारेको छलांग प्रष्ट हुन्छ।

उनीहरुको पहिलो कमाइ कति थियो र हाल उनीहरुले कति पारिश्रमिक लिन्छन् ? बलिउड लाइफले यी पाँच कलाकारका पहिले र अहिलेको कमाइको सूची तयार पारेको छ।

शाहरुख खान

बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानको पहिलो तलब जम्मा पचास रुपैयाँ भारु थियो। त्योबेला उनी पकंज उदासको कन्सर्टमा असरको रुपमा काम गर्थे। उनले सन् १९९२ मा ‘दिवाना’ फिल्मबाट बलिउडमा प्रवेश गरेका थिए। हाल उनी एउटा फिल्ममा अभिनय गरेबापत सय करोड देखि एक सय बीस करोड भारुसम्म पारिश्रमिक लिन्छन्।

प्रियंका चोपडा जोनस

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा जोनस आफ्नो पप गीतबाट पनि परिचित छिन्। सन् २००० मा उनले मिस वर्ल्डको ताज जित्दा आफ्नो पहिलो कामबाट पाँच हजार भारु पाएकी थिइन्। उनले सन् २००२ मा तामिल फिल्मबाट अभिनय थालेकी थिइन्। उनको पहिलो बलिउड फिल्म भने ‘द हिरो’ थियो। अहिले उनको पारिश्रमिक २२ करोड भारु छ।

अक्षय कुमार

अभिनय सुरु गर्नुअघि अक्षय कुमारले बैंककको एक होटलमा सेफ र वेटरको रुपमा काम गरेका थिए। त्योबेला उनको तलब पन्ध्र सय भारु थियो। बलिउडमा उनले सन् १९९१ मा ‘सौगन्ध’ फिल्मबाट प्रवेश गरेका थिए। हाल उनले नयाँ फिल्म ‘अतरंगी रे’ का लागि एक सय बीस करोड पारिश्रमिक लिएका थिए।

अमिताभ बच्चन

बलिउडका पुराना तथा परिचित अभिनेता अमिताभ बच्चन पहिले कोलकाताको एउटा सिपिङ फर्ममा कार्यकारीको रुपमा काम गर्थे। उनले बर्ड एण्ड कम्पनीमा फ्रेट ब्रोकरको रुपमा पनि काम गरेका थिए। त्यस समय उनको तलब पाँच सय रुपैयाँ भारु थियो। हाल यी मेगास्टार १८ देखि २० करोड भारुसम्म कमाउँछन्।

आमिर खान

बलिउडका अर्का शान हुन् अभिनेता आमिर खान। आफ्नो फिल्म र अभिनयका कारण परिचित यी अभिनेताले एउटा फिल्म खेलेबापत ५० देखि ७० करोड भारुसम्म पारिश्रमिक लिन्छन्। उनले जीवनमा पहिलोपटक ‘कयामत से कयामत तक’ फिल्ममा काम गर्दा जम्मा ११ सय भारु पारिश्रमिक पाएका थिए।

तपाईको प्रतिक्रिया

RELATED POSTS