काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाले चाँडै वैवाहिक बन्धनमा बाँधिने बताएकी छन् । न्यूज २४ टेलिभिजनको ‘ई–टल्क’ कार्यक्रममा बोल्दै लेडी सुपरस्टार थापाले २०७९ सालभित्र आफू वैवाहिक जीवनमा बाँधिन सक्ने बताएकी हुन् ।

अभिनेत्री थापाले अहिले आफू केटाको खोजीमा रहेको बताउँदै फिल्म इन्डस्ट्री भन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजना रहेको बताइन् । त्यस्तै उनले आफ्नो लभ र एरेञ्ज दुवै हुनसक्ने बताएकी छन् ।

आफ्नो हुनेवाला श्रीमान पजि आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने अभिनेत्री थापाको चाहना रहेको छ । उनले अन्य अभिनेत्रीहरुले जस्तो तामझामसँग विवाह नगर्ने जानकारी दिदै भनेकी छन्, ‘म यो देशको साधारण मानिस हुँ । मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा बुबालाई यस्तै विहे गर्दिनु पर्छ भनेर दुःख नदिउन् । तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन ।’

भेट्रान निर्माता छविराज ओझासँग छुट्टिएपछि विगत एक दशकदेखि अभिनेत्री थापाले एकल जीवन विताउँदै आएकी छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री थापाले नेपाली कलाकारिता क्षेत्रमा कोही पनि महान नभएको उल्लेख गर्दै महानायक, महानायिकालगायतका उपाधि दिन हतार गरिएको बताइन् । नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिइने ट्याग नसुहाउने उनको दाबी छ ।

बाँकी कुरा अन्तर्वार्तामा हेर्नुहोस्…

 

तपाईको प्रतिक्रिया

RELATED POSTS