मुम्बई । वर्ष २०२२ लाग्न अब केही दिन मात्र बाँकी छ । २०२१ बिदा हुँदै गर्दा बलिउडमा पुरानो वर्षको समीक्षा र नयाँ वर्षको अनुमान सुरु भएको छ । यस्तैमा हरेक वर्ष झैँ २०२२ मा पनि केही नयाँ अनुहार फिल्ममा देखिने अनुमान गरिएको छ । तीमध्ये केही स्टारकिड्स रहेका छन् भने केही बाहिरका व्यक्ति हुन् । नयाँ वर्षमा फिल्मी पर्दामा देखिन सक्ने यी नयाँ अनुहार यस्ता छन् ।

शनाया कपुर :

अभिनेता संजय कपुरकी छोरी शनाया करण जौहरको आगामी फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् । करणले २०२० मा उनलाई धर्मा प्रोडक्सनको एउटा नाम नखुलाइएको फिल्मका लागि लिएका थिए । उनी केही वर्षदेखि बलिउड डेब्युको तयारीमा जुटेकी छन् । २१ वर्षकी शनायाले नृत्य र अभिनयको कक्षासमेत लिएकी छन् ।

खुशी कपुरः

श्रीदेवीकी कान्छी छोरी खुशी पनि करण जौहरको प्रोडक्सनमा बन्ने कुनै फिल्मबाट डेब्यु गर्न सक्छिन् । उनी अहिले भने अमेरिकाको एक स्कुलमा अभिनय र फिल्म निर्माण पढ्दैछिन् ।

इब्राहिम अली खान :

अभिनेता सैफ अली खानका छोरा इब्राहिम पनि सन् २०२२ मा अभिनेताको रुपमा देखिन सक्छन् । अहिले भने उनी करण जौहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मा सहनिर्देशकको रुपमा काम गर्दैछन् ।

मानुषी छिल्लर :

मिस वल्र्ड २०१७ की विजेता मानुषी फिल्म ‘पृथ्वीराज’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । फिल्ममा उनको अपोजिट भुमिकामा अक्षय कुमार हुनेछन् । फिल्म जनवरी सन् २०२२ मा रिलिज हुनेछ ।

यशवर्धन आहूजा :

अभिनेता गोविन्दाका छोरा यशवर्धनले पनि सन् २०२२ मा बलिउडमा डेब्यु गर्नसक्ने अनुमान छ । आमा सुनिताले उनी छिट्टै फिल्ममा डेब्यु गर्ने बताएकी छिन् ।

क्यारी मिनाटी :

भारतीय चर्चित युट्युबर क्यारी मिनाटी पनि बलिउड डेब्युका लागि तयार छन् । उनी अमिताभ बच्चन र अजय देवगन सँग रनवे ३६ मा देखिनेछन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS