महिला वा पुरुष जो कोही पनि पछिल्लो समय कपाल झर्ने समस्याले पीडित हुने गरेका छन् । सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले १८ देखि ३५ वर्षका ४७ दशमलब ६ प्रतिशत पुरुषमा तालुखुइले रोगको समस्या देखिने गरेको छ । यो समस्या हटाउनका लागि मानिसहरु विभिन्न औषधिको प्रयोग गर्ने, विभिन्न विधि अपनाएर उपचार गर्ने गर्छन् । त्यसका लागि विभिन्न प्रकारका स्याम्फू, कण्डीशनर र सीरम प्रयोग गर्ने गर्छन् । तर, सबै कुराले समस्या समाधान नहुनेहरु धेरै छन् । कपाल झर्ने समस्या वंशानुगत, जीवनशैली, खानपान, केमिकल भएको स्याम्फू वा कण्डिसनरको अधिक प्रयोग आदि कारणले हुने गर्छ ।

यस समस्याको विषयमा हालै एउटा अनुसन्धान गरिएको छ । पुरुषहरुको कपाल झर्ने समस्यालाई एन्ड्रोजेनिक एलोपेसिया वा मेल प्यार्टन बाल्डनेस भनिन्छ । यो समस्यामा दिमागमा कोशिकाहरु सकिएपछि हुने गर्छ । जसले गर्दा नयाँ कपाल उम्रिँदैन । यो समस्या कपालको रौँहरुको नजिक रक्तनलीको कमि हुँदै जाँदा हुने गर्छ । कपालको छिद«सम्म रक्तनलीहरु नपुग्दा कपाल पलाउने पोषक तत्वहरु पुग्दैन जसले गर्दा कपाल नै आउँदैन ।

नयाँ अध्ययनले कपाल झर्ने कारण शरीरका कोशिकाहरुमा पोषक तत्व प्रसार नहुनु र अक्सिडेटिभ तनावलाई विशेष ध्यान दिएको थियो । र, यसैमा आधारित भएर मुसामा कपाल उमार्न सफल भएका थिए । वैज्ञानिकले सेरियम न्यानोपार्टिकल्सलाई बायोडिग्रेडेबल पोलिथिन ग्लाइकोन लिपिड मिश्रणमा मिलाएर हाइल्यूरोनिक एसिडको प्रयोग गरी घुलनशील माइक्रोनीडल प्याच बनाए । प्याच भनेको आर्टिफिसियल कपाल वा प्रोस्थेटिक विग हो ।

यसपछि न्यानोपार्टिकल्सलाई मिश्रणमा जोडियो । यसलाई परीक्षण गर्नका लागि मुसाको कपालमा कपाल हटाउने क्रिमको प्रयोग गरियो । त्यसपछि कपाल हटाएको एउटा भागमा प्याच लगाइयो । प्याच नलगाइएको भागमा भन्दा लगाइएको भागमा कपाल अत्यधिक छिटो पलाएको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS