काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनका बन्दसत्रमा केन्द्रीय सदस्यको नामावली बाचन गर्दा खुलातर्फ उनको नाम २३औं नम्बरमा परेको छ ।

प्रज्ञाभवन कमलादीमा अध्यक्ष प्रचण्डले २३६ जनाको नाम प्रस्तुत गर्दा खुलातर्फ उनको नाम २३ औँ नम्बरमा रहेको थियो । जसअन्तर्गत समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्य गरि १३६ सदस्यको प्रस्ताव गरेको नाम पारित भएको छ ।

विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य हुनेछन् । र, बाँकी केन्द्रीय सदस्य मनोनित गरिनेछ भने माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS