एजेन्सी । २०२२ मा उत्तर कोरियाका तानाशाह किम जोङ उनले देशको मुख्य लक्ष्य आर्थिक विकास भएको बताएका छन् । यसैबीच परमाणु हतियारको विकासका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएका कारण उत्तर कोरिया खानेकुराको अभाव झेलिरहेको छ ।

यहीकारण किमले नयाँ आदेश जारी गरेका छन् । जसमा भनिएको छ, कम खानु । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार कोरिया वर्कर्स पार्टीको बैठकमा किमले यो विषयमा जानकारी दिएका हुन् । तर देश विकाको मामिलामा उनी अझै आशावादी रहेका छन् । उनले भने, ‘अब देशमा कारखाना बनाउने काम हुनेछ र जनताको जीवनस्तरमा सुधार ल्याइने छ । यो समय देश जिन्दगी र मृत्युको अवस्थासँग जुझिरहेको छ ।’

मिडियाले किमको नयाँ तस्बिर सार्वजनिक गरेको छ । त्यसमा उनी पहिलेको तुलनामा काफी दुब्लो देखिएका छन् । सरकारी अधिकारीका अनुसार देशमा भोजनको कमी मध्यनजर गर्दै किमले आफ्नो खानेकुरा पनि कमी गरिदिएका छन् । यसले आफ्नो अवस्था सामान्य भएदेखि नै जनतालाई पनि कम खाने आदेश दिएका हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS