काठमाडौँ — नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओलीले आगामी चुनावमा गठनबन्धन नगर्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचन एमालेमाथिको प्रहारको अन्तिम किस्ता हुने भन्दै उनले आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताएका हुन् ।

‘एमालेलाई फुटाउने खोज्नेहरुको प्रहारको अन्तिम किस्ता राष्ट्रिय सभा चुनाव हुनेछ । अब जनता जाँदा त्यो हैसियत रहँदैन,’ शुक्रबार एमालेको जिल्ला अधिवेशनको उद्घाटनका क्रममा ओलीले भने, ‘जो जति कमजोर छ त्यो चर्कोसँग कराइरहेको छ ।

गठबन्धन, गठबन्धन भनिरहेका छन् । एमालेलाई गठबन्धन चाहिएको छैन । एमाले एक्लै चुनौती सामना गर्न तयार छ । एकै चुनावमा जान्छ ।’ एमालेले जनताको पक्षमा काम गरेर जनताबाट राम्रो पद प्राप्त गर्ने ओलीले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS