काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय भित्रको निर्माणधीन रेष्टुरेन्ट आइतबार १२ बजेभित्र नहटाए आफू आँफैले हटाउने चेतावनी दिएका छन् । मन्त्री आलेले निर्माणधीन रेष्टुरेन्ट हटाउन ३ दिनको म्याद दिँदै उक्त समयसीमा भित्र हटाइसक्न निर्देशन दिएका हुन् ।

उनले बतास गर्ननाइजेसनलाई भनेका छन्, ‘तीन दिनभित्र संग्राहलयभित्र संरचनाहरु हटाउन हटाउनुस्। यदि आइतबार १२ बजेभित्र हटाउनु भएन भने म आफैं पुगेर हटाउनेछु।’

केपी ओली नेतृत्वको सरकारले नारायणहिटी भित्र रेष्टुरेन्ट संचालन गर्न अनुमतिसहित अत्याधिक सस्तो मूल्यमा जग्गा प्रदान गरेको थियो । उक्त स्थानमा रेरष्टुरेन्ट संचालनका लागि भवन तथा संरचना निर्माण गर्न बतास गर्ननाइजेसनले ठेक्का पाएको थियो ।

संग्रहालयमा रेष्टुरेन्ट संचालन गर्नु गलत भएको भन्दै मन्त्री आलेले यसअघि पनि बताएका थिए । सो बारे अध्यायन गर्न बिहीबार मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन भइसकेको छ ।

उक्त छानविन टोलीले दिनभित्र सबै डकुमेन्टहरुको अध्यययन गरी सुझाव दिन निर्देशन दिइएको छ । उनले संग्राहलयभित्र एक पटक मात्रै होइन सँधैका लागि रेष्टुरेन्ट संचालन गर्न नदिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS