सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसलाई गृहमन्त्रालयले स्वीकृत गरेको हो । गृहमन्त्री स्तरीय सो निर्णयसँगै माघ ७ देखि सरकारी तथा सार्वजनिक सेवा लिनका लागि कोभिड बिरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सुरक्षा निकाय र देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेको छ । यसैगरी २५ जना भन्दा बढी भेला हुन पनि रक लगाइएको छ । यसैगरी होटल, रेष्टुरेन्ट, सिनेमा हल, हवाईमार्ग र पार्कमा प्रवेश गर्दा पनि कोभिड बिरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय भएको छ ।

खोप कार्डको फोटो मोबाइलमा खिचेको भए पनि मान्य हुने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिसहरु भेला जम्मा हुन निषेध गर्ने निर्णय गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS