काठमाडौं । साउथ इण्डियन चलचित्र ‘बाहुबली’बाट ‘कटप्पा’को परिचय बनाएका अभिनेता सत्यराज कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी केही दिनअघि कोरोना संक्रमित भएका थिए ।

सत्यराजका छोरा सिबी सत्यराजले एक ट्वीट गर्दै आफ्ना पिता गएराति अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको जानकारी दिएका छन् । उनले सत्यराज पूरै ठीक भएको र केही दिन घरमा आराम गरेर काममा फर्किने उल्लेख गरेका छन् । सिबीले आफ्ना पिताको स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद भनेका छन् ।

सन् १९७८ मा अभिनय क्षेत्रमा प्रवेश गरेका सत्यराज तमिल सिनेमाका सुपरस्टार मानिन्छन् । केही बलिउड चलचित्रमा समेत अभिनय गरेका उनले दर्शकमाझ अलग्गै पहिचान बनाएका छन् । भारतमा कोरोना भाइरस संक्रमणको तेस्रोे लहर शुरु भएसँगै सेलिब्रटीहरु पनि संक्रमित भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS