काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक चीनमा कोभिड-१९ को निकै संक्रामक नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेका छन् । सोमबार ओमिक्रोनका थप संक्रमित भेटिएपछि मध्य चीनको एनिआङ शहरमा लकडाउन गरिएको छ । उक्त शहरमा २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि लकडाउन गरिएको हो ।

हेनान प्रान्तको एनिआङ शहरमा लकडाउन लगाएर ५० लाख बासिन्दालाई घरभित्रै बस्न भनिएको चीनको सरकारी समाचार माध्यमले जनाएको छ । यसअघि डिसेम्बरको अन्त्यमा १ करोड ३० लाख मानिस बस्ने सियान शहरमा लकडाउन गरिएको थियो ।

पछिल्लो समय चीनमा कोभिड-१९ का संक्रमित बढ्न थालेका छन् । त्यहाँ मंगलबार स्थानीय रुपमा संक्रमित भएका ११० जना नयाँ संक्रमित थपिएका छन् । यसमध्ये हेनान प्रान्तका मात्रै ८७ जना रहेका छन् । एजेन्सीको सहयोगमा

 

तपाईको प्रतिक्रिया

RELATED POSTS