काठमाडौं । भर्सटाइल अभिनेता विपिन कार्कीले ‘एनिमल’ फिल्मबाट बलिउडमा डेब्यू गर्ने भएका छन् । यो फिल्ममा अभिनेता विपिनले बलिउडका सुपरस्टार अनिल कपुरसँग स्क्रीन शेयर गर्ने भएका छन् ।

अभिनेता विपिनलाई उनको फिल्म ‘सेल्फी किङ्ग’को अभिनय हेरेर बलिउड फिल्म ‘एनिमल’मा अफर गरिएको बताइएको छ । यो फिल्ममा अनिल कपूरसँगै रणवीर कपूरको पनि मुख्य भूमिकामा रहनेछन् ।

विपिनका अनुसार ‘एनिमल’का लागि निर्माण टिमले उनलाई अगष्टमा मुम्बई बोलाएकाे छ । अभिनेता विपिनलाई केही दिन अगाडि मात्रै निर्देशक सन्दीपका भाई प्रणय रेड्डीले फोन गरेर फिल्मका लागि प्रस्ताव गरेको बताइएको छ ।

निर्देशक सन्दीपसँग विपिनलाई जोड्ने काम ‘सेल्फी किङ्ग’ निर्देशक विशाल सापकोटाले गरेका हुन् । विशालले सन्दीपको निर्देशनमा बनेको ‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई एक्शन–कट गर्दै छन् । त्यसोत, ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कवीर सिंह’ थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS