एजेन्सी : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दिनानुदिन बढिरहदा यसका कारणले धेरै मानिसहरुको मृत्यु भइसकेको छ भने धेरै मानिसहरु संक्रमित हुनुपरेको छ। यद्यपि, तपाईंले यी सबै चीजहरूको बारेमा चिन्ता लिनुपर्दैन । चाहे कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोन होस् वा डेल्टा । यसका लागि एउटा हतियार सधैं काममा आउनेछ, त्यो तपाईको शरीरको प्रतिरोधात्मक क्षमता हो। यदि तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो छ र तपाई ओमिक्रोनबाट संक्रमित हुनुभयो भने पनि तपाई सजिलै निको हुनुहुनेछ।

प्रतिरक्षा प्रणाली बलियो बनाउन ताजा खानेकुरा र स्वस्थ आहार लिनु राम्रो हुन्छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले केही खाना र पोषणयुक्त कुराहरू सुझाव दिएको छ, जुन यस्ता रहेका छन्

घरमा पाकेको खाना खानुहोस् :

सामान्य दिनहरुमा धेरै जसो मानिसहरुको आआफ्नो कामको व्यस्तताका कारण घरको खाना खाने समय पाउँदैनन्। तर यतिबेला धेरै जसो मानिसहरु घरबाटै आफिसको काम, विद्यालयहरु बन्द हुनसक्छन र धेरै जसो मानिसहरु अहिलेका कोरोना भाइरसको डरले घरबाट बाहिर विशेष काम बाहेक जादैनन्। यस्तो बेला सधै घरमा पोकेको खाने कुराहरु खानुहोस्। किनकी घरमा पोकेको खानेकुरा स्वादिष्ट हुुनुका साथै पौष्टिक पनि हुन्छ।

खानाको मात्रामा ध्यान दिनुहोस् :

केही मानिसहरुलाई मिठो र स्वाद्ष्टि खाना देख्यो भने धेरै खाने बानी हुन्छ। कहिले काही त यस्तो ठिकै हो तर सधै यसरी खानाले अप्ठ्यारो हुनसक्छ। त्यसैले सधै आफूलाई लागेको भोकभन्दा अलि कम खाने गर्नुहोस् र सधै व्ययाम गर्ने गर्नुहोस्। धेरै खानुभन्दा पनि कम खानुहोस् तर समय समयमा खानुहोस्।

नुनको मात्रा सिमित गर्नुहोस् :

डिब्बा बन्द वा प्रशोधित खानामा धेरै नुन हुन्छ, यदि तपाईंले यसको सेवन गर्नुभयो भने त्यसको ख्याल गर्नुपर्छ। डब्ल्यूएचओले दिनमा ५ ग्रामभन्दा कम नुन उपभोग गर्न सुझाव दिएको छ। नुनको मात्रा कम गर्न, थोरै वा नुन नभएको खानालाई प्राथमिकता दिनुहोस्। खानाबाट अतिरिक्त नुन हटाउन प्याकेज गरिएको खानाको सेवन कम गर्नुहोस्। यो पनि ध्यान राख्नुहोस् कि मसालेदार खानामा पनि उच्च मात्रामा नुन हुन्छ। साथै, खानामा अतिरिक्त नुन थप्नबाट बच्नुहोस्।

चिनीको मात्रा पनि सिमित गर्नुहोस् :

डब्ल्यूएचओका अनुसार वयस्कहरूले एक दिनमा लगभग ६ चम्चाभन्दा कम चिनी उपभोग गर्नुपर्छ। त्यसैले जहिले पनि कम चिनीजन्य पदार्थ खानुहोस्। चिनी नहुने देखिने धेरै खानेकुरामा पनि चिनीको मात्रा धेरै हुन्छ जसका कारण दिनभर धेरै चिनी खपत हुन्छ। यदि तपाईंलाई मिठो खान मन लाग्छ भने ताजा फलफूल खानुहोस् र जमेको फलफूल, सिरप र डिब्बा बन्द फलफूलको सेवन नगर्नुहोस्।

पर्याप्त फाइबर खानुहोस् :

फाइबरले स्वस्थ पाचनमा धेरै मद्दत गर्छ र भोकपनि कम गर्छ। त्यसैले लामो समयसम्म पेट भरिराख्न र स्वस्थ रहन फाइबरयुक्त उत्पादनहरू खानुहोस्। पर्याप्त फाइबर उपभोग गर्न, तरकारी, फलफूल, दाल र सम्पूर्ण अन्न आदि खानुहोस्।

पर्याप्त पानी पिउनुहोस् :

स्वस्थ्य शरिरको लागि पर्याप्त मात्राम पानी धेरै जरुरी रहेको हुन्छ। तर बोतलको पानी पिउने कुरामा ध्यान दिनुहोस्। चिनीरहित मिठो पेयपदार्थको सट्टा नरिवल पानी, कागती पानीको सेवन गर्न सकिन्छ। विज्ञहरूका अनुसार हरेक व्यक्तिले दिनमा कुनै पनि अवस्थामा करिब १० गिलास पानी पिउनुपर्छ।

रक्सीबाट बच्नुहोस् :

रक्सी शरीरका लागि हानिकारक मानिन्छ। यो हरेक मानिसका लागि हानिकारक मात्र होइन, यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाउँछ। यसको सेवनले शरीरको संक्रामक रोगहरूसँग लड्ने क्षमतालाई कमजोर बनाउँछ। त्यसैले रक्सीको सेवनबाट बच्ने प्रयास गर्नुहोस्।

तपाईको प्रतिक्रिया

RELATED POSTS