श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सोमबार जिम्मेवारी सम्हालेको सय दिन पुरा भएको अवसरमा मन्त्री श्रेष्ठले गरेका कामहरुको सुची सार्वजनिक गरेका हुन् । सय दिनको अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थि गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको मन्त्री श्रेष्ठको भनाइ छ ।

त्यस्तै उनले सचूना प्रबिधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतीलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रादनको सुरुवात, आन्तरिक रोजगारीमा प्रवद्र्धन, सेवा प्रवाहमा सहजीकरण,संगठन व्यवस्थापन र सुधार, सामाजिक सुरक्षालगायत ३५ बुँदे सुधारको काम गरेको दावी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS