पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।

काठमाडौंमा मात्रै ४००४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ।  आजको देशभरको तथ्यांक हेर्दा कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको छ । परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS