चीन र भारतबीच सीमाको विषयलाई लिएर सधै तनाव हुँदै आएको छ । यो अवस्थामा चीनले ४ खुट्टावाला विश्वकै ठूलो रोबोट याक बनाएको दाबी गरेको छ । चिनियाँ मीडियाका अनुसार यो रोबोटले १६० किलोसम्मको तौल उठाउन सक्छ र १ घन्टामा १० किलोमीटरसम्म हिँड्न सक्छ । चीनको यो रोबोट याकले भारतीय सीमामा पहाडी इलाकाको जासूसी गतिविधि गर्न सक्ने र चिनियाँ सैनिकलाई कठिन परिस्थितिमा यसले हतियारको आपूर्ति गर्न सक्ने भारतीय सञ्चार माध्यमले बताएको छ ।

चीनको सरकारी मिडियाका अनुसार यो रोबोटलाई विशेष रुपमा त्यस्तो ठाउँका लागि बनाइएको छ , जहाँ मानिसलाई काम गर्न गाह्रो हुन्छ । सरकारी मिडिया सीसीटीभी भन्छ, ‘रोबोट आफ्नो किसिमको विश्वकै पहिलो सबैभन्दा ठूलो र गह्रुँगो हो ।’ एक वयस्कको तुलनामा यो रोबोट लगभग आधा अग्लो छ । ठूलो आकारका कारण यो १६० किलो तौल उठाउन सक्ने क्षमताको रहेको छ । यो रोबोट १० किलोमीटर प्रतिघन्टाको दरमा कुद्न सक्छ ।

आवश्यकता परेको समयमा हतियारले सु–सुसज्जित गर्न सकिन्छ

रिपोर्टका अनुसार यो याकमा सेन्सर लगाइएको छ र यसले आफ्नो आसपासको क्षेत्रको पनि पहिचान गर्न सक्छ । यो रोबोट पहाडमा चढ्न सक्छ । यो हिलाम्मे बाटो, घाँसे मैदान, मरभूमि र हिउँले भरिएको इलाकामा पनि हिँड्न सक्छ ।

यो रोबोट १२ मोडयूललाई मिलाएर बनाइएको हो । यो घुम्न, हिँड्न र अगाडि पछाडि मोडिन पनि सक्छ । यो रोबोटले पहाड, मरभूमि र घना जंगल भएको ठाउँमा पनि सैनिकलाई विष्फोटक पदार्थ र खाना पु¥याउन सक्ने खालको छ । यस्ता ठाउँहरुमा सामान्य वाहनबाट सामग्री पु¥याउन गाह्रो हुन्छ ।

यो रोबोटको माध्यमबाट दुश्मको इलाकामा लडाइको समयमा सहजै निगरानी गर्न सकिने दावी चीनको छ । यसका अलावा जुन लक्ष्यलाई निशाना बनाइएको छ र जुन इलाकालाई सहजै निगरानी गर्न सकिँदैन त्यसको निगरानी पनि गर्न सकिने दाबी चिनियाँ संचार माध्यमको छ । यी रोबोटलाई आवश्यकता पर्दा हतियारद्वारा सुसज्जित गर्न सकिनेछ । चीनले मेसिन कुुकुर समेत बनाएको छ । यो कुकुर सक्कली कुकुरकै आकारको छ । यसको वजन ३२ किलो छ । यसले ४० किलोको सामान बाकेर लैजान सक्छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS