Bishwo Prakash Sharma

काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण भएको भन्दै आत्मालोचनासमेत गरेका छन् ।

लक्षण देखा परेपछि शर्माले मेडिसिटी अस्पतालमा परीक्षण गराएका थिए । परीक्षणपछि आफूसहित सपरिवारलाई संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

शर्माको परिवार आठ महिनाअघि पनि कोरोनाबाट संक्रमित भएको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS