बुधबार सेयर बजार परिसूचक नेप्से ३८ अंक माथिले घटेर २८ सयको रेञ्जमा झरेको छ । लामो समयसम्मको लगातारको गिरावट पछि बढेर साढे २९ सय नजिक पुगेको नेप्सेमा पुनः गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेप्से ३८.३५ अंकले घट्दै २८ सय ९८.३१ विन्दुमा ओर्लिएको हो ।

त्यसो त यस दिन समग्र सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत गिरावट आएको छ । ३८ अंक माथिले घटेको बजारमा आज कुल ६ अर्ब २ करोड १३ लाख रुपैयाँको मात्र कारोबार भएको छ । जबकि गत मंगलबार १० अंकले घटेको बजारमा ८ अर्ब माथिको कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS