केएल राहुल इण्डियन प्रिमियर लिग (आईपीएल)का महङ्गा खेलाडी बनेका छन् । नयाँ टिम लखनऊले अक्सन अगाडि नै राहुललाई १७ करोडमा अनुबन्ध गरेको छ ।

यससँगै उनले २०१८ को सिजन बिराट कोहलीले बनाएको महङ्गो खेलाडीको रेकर्ड भेट्टाएका छन् । त्यो सिजन रोयल च्यालेन्जर्स बैंग्लोरले कोहलीलाई १७ करोडमा अनुबन्ध गरेको थियो ।

यो सिजन महङ्गा खेलाडीको सूचीको दोस्रो स्थानमा तीन क्रिकेटर छन्, रवीन्द्र जडेजा, रोहित शर्मा र ऋषभ पन्त । उनीहरूले १६/१६ करोड पाउनेछन् ।

कुनै समय सबभन्दा धेरै कमाउने खेलाडीमा रहेका चेन्नई सुपर किङ्गका कप्तान महेन्द्रसिंह धोनीले भने यो वर्ष १२ करोड पाउँछन् । त्यस्तै, बिराट कोहलीले भने १५ करोड पाउनेछन् । उनीसँगै हार्दिक पाण्डेय र राशिद खानले पनि १५ करोड पाउनेछन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS